कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते
घाइते हुनेमा चालक २०वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन्।-1747324328.jpg)
मुगु, जेठ १ : कर्णाली राजमार्गको नाग्म–रारालिही सडक खण्डमा भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
तिला गाउँपालिका–१ गाडगुडेनीमा क१ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका हुन्।
घाइते हुनेमा चालक २०वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीका अनुसार घाइते चालक नेपाली र अधिकारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइ रहेको छ । भ्यान सडकदेखि दुई सय मिटर तल नदीमा खसेको छ।
प्रकाशित मिति: २१:३७ बजे, बिहीबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










