Kathmandu Press

पत्रकार भण्डारीलाई १ महिना जेल, १० हजार जरिवाना र १ लाख क्षतिपुर्ती तिराउने फैसला  

कन्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले १ महिना कैद,  १० हजार रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। 
पत्रकार भण्डारीलाई १ महिना जेल, १० हजार जरिवाना र १ लाख क्षतिपुर्ती तिराउने फैसला  

महेन्द्रनगर, जेठ १ : निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रकाशित समाचारलाई लिएर गाली बेइज्जतीको आरोपमा मुद्दा चलाइएका पत्रकार खेम भण्डारीलाई १ महिना जेल सजायको फैसला सुनाइएको छ। 

कन्चनपुर जिल्ला अदालतले भण्डारीलाई विहीबार दोषी ठहर गर्दै उक्त फैसला सनाएको हो। कन्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले १ महिना कैद,  १० हजार रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। 

Hardik ivf

मानसखण्ड दैनिककको सम्पादक रहेका भण्डारीविरुद्ध निर्मला हत्या प्रकरणमा तथ्यहीन सामाचार लेखेर गाली बेइज्जती गरेको दाबीसहित कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले मुद्दा दायर गरेका हुन्। 

भण्डारीले जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा पुनवेदन गर्ने ठाउँ भने बाँकी नै छ। 

२०७५ साल साउन ११ गते निर्मला मृत भेटिएकी थिइन्। बलात्कारपछि हत्याको आशंका गरिए पनि दोषीको भने अहिलेसम्म पहिचान हुन सकेको छैन्।
 

प्रकाशित मिति: २०:०१ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्