Kathmandu Press

आपूर्ति बन्द हुँदा गाजापट्टीमा मानवीय संकट, भोकमरीकोे खतरा

खाना, आपूर्ति र राहतको कुनै सम्भावना नहुँदा गाजाका बासिन्दाहरू बाँच्नको लागि अथक संघर्ष गरिरहेका छन्।
आपूर्ति बन्द हुँदा गाजापट्टीमा मानवीय संकट, भोकमरीकोे खतरा

एजेन्सी, जेठ १ : इजरायलको महिनौं लामो नाकाबन्दीका कारण गाजापट्टीमा मानवीय संकट बढ्दै गएको छ । धेरै परिवारहरू दैनिक भोकमरीको सामना गरिरहेका छन्।

हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्यपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेशमा रोक लगाएको थियो। मार्च १८ मा उसले गाजामा पुनः आक्रमण सुरु गरेको थियो।

Hardik ivf

खाना, आपूर्ति र राहतको कुनै सम्भावना नहुँदा गाजाका बासिन्दाहरू बाँच्नको लागि अथक संघर्ष गरिरहेका छन्।

‘४०० ग्रामको पीठोको झोला–यसले के गर्न सक्छ ? यसले आठ वा नौ टुक्रा रोटी बनाउँछ । दिनको एक छाक मात्र। हामी भोक नलागी सुत्न सकौं भनेर मात्र बेलुकाको खाना खान्छौं, ताकि बच्चाहरू निदाउन सकून्,’ विस्थापित गाजाका अशरफ अलसुवैरले भने।

उत्तरी गाजाको बेत लाहियाबाट विस्थापित भएका तहरीर अबु जबलले अलसुवैरको चिन्ताप्रति सहमति जनाउँदै भनिन्– ‘आपूर्तिको अभावले जीवन अत्यन्तै कठिन बनाएको छ। विशेष गरी ठूला परिवारहरूको लागि।’

‘मेरो परिवारका सात सदस्य छन्। बाह्र वा तेह्र जना भएकाहरूलाई के हुन्छ? तिनीहरूले कसरी खुवाउने? त्यहाँ कुनै आपूर्ति छैन, र केही पनि देशमा प्रवेश गरिरहेको छैन,’ उनले भनिन्। 

प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्