Kathmandu Press

मोहन बस्नेतको सांसद पद निलम्बन भएको सूचना संसद्‍मा सुनाइयो

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विहीबार प्रतिनिधि सभा सदस्य बस्नेतको पद निलम्वन भएको सूचना सुनाएका हुन्।
मोहन बस्नेतको सांसद पद निलम्बन भएको सूचना संसद्‍मा सुनाइयो

काठमाडौं, जेठ १ : प्रतिनिधि सभाको बैठकमा मोहन बस्नेतको सांसद पद निलम्बन भएको सूचना सुनाइएको छ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विहीबार प्रतिनिधि सभा सदस्य बस्नेतको पद निलम्वन भएको सूचना सुनाएका हुन्।

टेरामक्स खरिद भ्रष्टाचार प्रकरणमा संलग्न रहेको दाबीसहित बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि सांसद पद स्वतः निलम्वनमा परेको थियो।

निलम्वनको सूचना संसद् सचिवालय पुगेलगत्तै सभामुख घिमिरेले पढेर सुनाएका थिए।

भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर भएपछि सार्वजनिक पदाधिकारीको पद स्वतः निलम्बन ुहने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्