Kathmandu Press

रेशम चौधरीलाई थुनामा राख्न पत्र बनाउने सिंहलाई थप दुई दिन थुना अनुमती

न्तिम फैसला बाँकी छँदै सिंहले लेखेको पत्र अनधिकृत रहेको पाइएपछि विष्टलाई पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखिएको थियो। 
रेशम चौधरीलाई थुनामा राख्न पत्र बनाउने सिंहलाई थप दुई दिन थुना अनुमती

काठमाडौं, जेठ १ : रेशम चौधरीलाई थुनामा राख्न अनधिकृत रुपले प्रहरीलाई प्रशासनिक रुपमा पत्र पठाएको आरोपमा पक्राउ परेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई जिल्ला अदालत काठमाडौंले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक चौधरीलाई पक्राउ गरेर कैदमा राख्न सिंहले प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेखेका थिए। 

पत्र पठाएलगत्तै सिंह वैशाख १७ मा पक्राउ परेका थिए। अन्तिम फैसला बाँकी छँदै सिंहले लेखेको पत्र अनधिकृत रहेको पाइएपछि विष्टलाई पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखिएको थियो। 

प्रहरीले सिंहमाथि लिखत किर्ते मुद्दामा अनुसन्धान गर्दै आएको छ। 


 

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्