Kathmandu Press

बागमती प्रदेश सरकारले स्पोर्टस अवार्ड एन्ड युथ समिट गर्ने

युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशका निमित्त सचिव सुर्यबहादुर दाहालले पहिलो पटक आयोजना गर्न लागिएको अवार्ड कार्यक्रमले नयाँ पुस्तालाई खेलकुदमा आबद्ध हुन अवार्डको आयोजना गरिएको बताए। 
बागमती प्रदेश सरकारले स्पोर्टस अवार्ड एन्ड युथ समिट गर्ने

मकवानपुर, जेठ १ : बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने भएको छ। 

आगामी जेष्ठ ४ गते बागमती प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट आयोजना गरी सम्मान गर्न लागेको हो। 

Hardik ivf

अवार्ड कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)को  प्रमुख आतिथ्यतामा आयोजना हुने र युथ समिट भने केहि सातापछि आयोजना गरिने आयोजन समितिले जनाएको छ।

युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशका निमित्त सचिव सुर्यबहादुर दाहालले पहिलो पटक आयोजना गर्न लागिएको अवार्ड कार्यक्रमले नयाँ पुस्तालाई खेलकुदमा आबद्ध हुन अवार्डको आयोजना गरिएको बताए। 

‘खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका पूर्व र वर्तमान खेलाडी जसले प्रदेश र देशको सम्मान बढाउन आफ्नोतर्फबाट महत्वपूर्ण योगदानको कदर र नयाँ पुस्तालाई खेलकुदमा आबद्ध हुन अवार्डको आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले यस्तो अवार्ड पहिलो पटक आयोजना गर्न लागेको हो।’

उनले विगतमा पुर्याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने उद्देश्यलाई पनि अवार्ड दिने बताए।  

कार्यक्रमको सहजीकरणका लागि दीपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक उप समिति गठन भएको गरिएको छ।समितिले अवार्डका लागि खेल व्यक्तित्वको नाम सिफारिस गर्ने उनले बताए।
 

प्रकाशित मिति: १९:०४ बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्