Kathmandu Press

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा पजि जोड दिए। 
वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी ओलीले वातावरणीय समस्याको अन्त्यका लागि निरन्तरको काम र अध्ययन गर्नुपर्ने बताएका छन्। 

सगरमाथा संवादको पूर्वसन्ध्यामा डा.गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्लाइमेट क्यालामेटी ः जष्टिस फर लस एण्ड ड्यामेज’ पुस्तकको लोकार्पण गर्दै उनले वातावरणीय समस्याको अन्त्यको लागि शिवाकोटीद्वारा लिखित यो पुस्तक उपयोगी हुने बताए।

Hardik ivf

‘हाम्रो गोष्ठी त ४ गते सकिन्छ। तर वातावरणीय समस्या र गर्नुपर्ने काम सकिँदैन। त्यसको लागि निरन्तरको काम र अध्ययन गर्नुपर्छ। त्यसका लागि पुस्तक उपयोगी हुने विश्वास छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा पजि जोड दिए। 

‘धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतारमा पर्दै जान थालेको छ। यस्तो समयमा सुरक्षित माननीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ,’ ओलीले थप भने, ‘हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति हुनुपर्छ । उनीहरुको चेहरामा हाँसो हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताए। 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सूर्य ढुङ्गेल र जलवायु विज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए। 
 

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्