दिपक बाहोराको सपना पूरा गर्नेछौं : अध्यक्ष लिङ्देन
राप्रपाका संस्थापक, पूर्वमन्त्री, वरिष्ठ नेता दिपक बोहराको ४५औं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनका अधुरा सपना र जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्ने बताए।-(2)-1747312528.jpg)
काठमाडौं, जेठ १ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वरिष्ठ नेता दिपक बोहराको निधनले पार्टी, देश र आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन्।
राप्रपाका संस्थापक, पूर्वमन्त्री, वरिष्ठ नेता दिपक बोहराको ४५औं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनका अधुरा सपना र जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्ने बताए।
‘म वरिष्ठ नेता दिपक बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु । उहाँको निधनपछि राप्रपाले धेरै ठूलो क्षति भोग्नु परेको छ उहाँलाई सँधै सम्झने छौं,’ उनले भने, ‘उहाँको निधनले पार्टी, देश र हाम्रो आन्दोलनलाई ठूलो क्षति भएको छ तर क्षतिलाई शक्तिका रुपमा लिए अगाडि बढ्नेछौ। अब उहाँका बाँकी सपना र जिम्मेवारीसबै मिलेर पूरा गर्नुपर्छ।’
सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पनि स्व.बोहराको आत्माको शान्तिको कामना गरेका छन्।
-(30)-1751555458.jpg)