Kathmandu Press

मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो 

सर्वोच्चका आदेशानुसार मिश्रलाई जिल्ला प्रहरी परिसर काठमाडौंले उपस्थित गराएको थियो।
मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो 
फाइल तस्बिर।

काठमाडौं, जेठ १ : सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। 

सर्वोच्चले यसअघि मिश्रलाई बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइका निम्ति सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो। 

सर्वोच्चका आदेशानुसार मिश्रलाई जिल्ला प्रहरी परिसर काठमाडौंले उपस्थित गराएको थियो। उनलाई सर्वोच्चमा उपस्थित गराउने बेला हत्कडी खोलेर लगिएको थियो। 

सर्वोच्चले मिश्रको पक्राउ र थुना प्रकरणमा सुरक्षा निकायसँग कारण समेत माग गरेको छ। 
गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक घटना प्रकरणमा मिश्र पक्राउ परेका थिए।    

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्