Kathmandu Press

५२ पदाधिकारीको नियुक्ति प्रकरणमा जेठ २८ गते फैसला

५२ पदाधिकारी नियुक्ति विवादमा गत माघ ३० गतेबाट जारी सुनुवाई बिहीबार सकिएको हो। उक्त विवादमा निरन्तर सुनुवाइ हुँदै आइरहेको थियो। 
५२ पदाधिकारीको नियुक्ति प्रकरणमा जेठ २८ गते फैसला

काठमाडौं, जेठ १ : सर्वोच्च अदालतले संवैधानिक अंगका ५२ पदाधिकारीको नियुक्ति विवाद प्रकरणमा जेठ २८ गते फैसला सुनाउने भएको छ। 

सर्वोच्चको संवैधानिक इजलासले फैसला प्रयोजनका लागि १६ गतेभित्र बहस नोट पेस गरिसक्न पनि पक्षविपक्षका कानुनव्यवसायीलाई आदेश गरेको छ। 

५२ पदाधिकारी नियुक्ति विवादमा गत माघ ३० गतेबाट जारी सुनुवाई बिहीबार सकिएको हो। उक्त विवादमा निरन्तर सुनुवाइ हुँदै आइरहेको थियो। 

केपी ओली अघिल्लो पटक प्रधानमन्त्री नियुक्त हुँदा अध्यादेशमार्फत ५२ जनालाई अख्तियारसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएपछि सर्वोच्चमा कानुनी प्रश्न उठ्दै आएको थियो। 

नियुक्ति बदरको मागसहित अधिवक्ता ओमप्रकाश अर्यालसहित १५ जनाले रिट निवेदन दायर गरेका हुन्। 

संविधान र संवैधानिक परिषदसम्वन्धी मूल ऐनको व्यवस्थालाई नै अध्यादेशमार्फत परिवर्तन गरी संसदीय सुनुवाई विनै अख्तियार, लोकसेवा, निर्वाचन, मानवअधिकार आयोग लगायतका निकायमा पदाधिकारी नियुक्त गरिएको प्रश्न उठाउँदै रिट दायर भएको थियो। 

सर्वोच्चमा सुनुवाई सकिएसँगै निर्णय सुनाउने दिन तय भएको हो। 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्