Kathmandu Press

रुसी सेनामा नेपालीलाई भर्ना नगर्न पुटिनलाई ओलीको सन्देश

प्रधानमन्त्री ओलीको सन्देश पुटिनलाई सुनाइदिन रुसी महासंघअन्तर्गत प्रतिनिधिमण्डलको टोलीलाई आग्रह गरेको सचिवालयले जनाएकाे छ।
रुसी सेनामा नेपालीलाई भर्ना नगर्न पुटिनलाई ओलीको सन्देश

काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भ्यादिमिर पुटिनलाई रुसी सेनामा नेपालीलाई भर्ना नगर्न सन्देश पठाएका छन्।

प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई सरकारी निवास बालुवाटारमा भेट गर्दै उक्त सन्देश पठाएका हुन्।

Hardik ivf

प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको बताउँदै नेपालीलाई रुसी सेनामा भर्ना नगर्न सन्देश पठाए। 

प्रधानमन्त्री ओलीको सन्देश पुटिनलाई सुनाइदिन रुसी महासंघअन्तर्गत प्रतिनिधिमण्डलको टोलीलाई आग्रह गरेको सचिवालयले जनाएकाे छ।

भेटकाक्रममा रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो पनि दिएका छन्।

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्