कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
‘देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ। वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ। शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ,’ गृहम्नत्री लेखकले भने।
सप्तरी, जेठ १ : गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन्।
सप्तरीको राजविराजमा नेपाल पत्रकार महासंद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बीचको समीकरण विघटन नहुने भन्दै झन सुदृढ हुने बताए।
‘देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ। वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ। शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ,’ गृहम्नत्री लेखकले भने।
आवश्यक कानुन निर्माण र संघीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको उनले बताए।
प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(30)-1751555458.jpg)