Kathmandu Press

महिला विश्वकप छनोट : वर्षा प्रभावित खेलमा इन्दूको कप्तानी पारीमा नेपाल विजयी, अघिल्लो चरण पुग्ने सम्भावना कायमै

वर्षाले प्रभावित भएको खेलमा नेपालले डिएलएस मेथर्डका आधारमा बहराइनमाथि ६ विकेटको जित निकालेको हो। 
महिला विश्वकप छनोट : वर्षा प्रभावित खेलमा इन्दूको कप्तानी पारीमा नेपाल विजयी, अघिल्लो चरण पुग्ने सम्भावना कायमै

काठमाडौं, जेठ १ : थाइल्यान्डमा जारी आईसिसी महिला टि–२० विश्वकपको एसिया छनोटनमा नेपालले दोस्रो जित निकालेको छ। वर्षाले प्रभावित भएको खेलमा नेपालले डिएलएस मेथर्डका आधारमा बहराइनमाथि ६ विकेटको जित निकालेको हो। 

टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेटको क्षतिमा ७६ रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भएको थियो। त्यसपछि लामो समय खेल अवरुद्ध हुँदा डिएलएसका आधारमा नेपालले ७ ओभरा ५६ रनको लक्ष्य पाएको थियो।

Hardik ivf

नेपालले ५६ रनको लक्ष्य ४ विकेटको क्षतिमा ८ बल बाँकी छँदै भेट्टायो। नेपालको ससुरआत राम्रो हुन सकेन्। लगतार विकेट गुमाउँदा नेपाल १.५ ओभरमा ८–३को वअस्थामा आएको थियो। त्यसपछि कप्तान इन्दू बर्मा र उपकप्तान पुजा महतोले चौथो विकेटका लागि १५ रनको साझेदारी गरेका थिए। 

पुजा ११ बलमा २ चौका मद्दतमा १३ रन बनाएर आउँदा हुँदा नेपाल २३–४को अवस्थामा आएको थियो। तर, त्यसपछि कप्तान इन्दूले विस्फोटक ब्याटिङ गरिन्। उनले ७ बलमा १ छक्का र ४ चौका मद्दतमा २४ रन बाइन्। बलिङमा बहराइनका पविथ्राले तीन विकेट लिइन्।

त्यसअघि पहिला ब्याटिङ गरेको बहराइनले राम्रो सुरुआत गरेको थियो। उसका लागि रसिका रोड्रिगोले २९ बलमा २४ रन बनाउँदा कप्तान दिपिका रसांगिकाले २७ बलमा २३ रन बनाइन्। यस्तै, थरंगा गजनायकेले १२ बलमा १२ रन बनाइन्। 

नेपालले तीनै विकेट रनआउट बाट लिएको थियो। १३ ओभरमा पनि नेपालले ७ बलर प्रयोग गरको थियो।

यो जितसँगै नेपालको एसिया छनोटको फाइनल चरण पुग्न सम्भावना कायमै छ। समूह सीमा रहेको नेपालले २ जितसहित ५ अंक जोडेको छ र नेपाल अहिले शीर्ष स्थानमा छ। १ खेल खेल्न बाँकी रहेको हङकङ ४ अंकसहित दास्रो स्थानमा छ। 

अब नेपाललाई अघिल्लो चरण पुग्न भोलि हुने बहराइन र हङकङबीचको समूहको अन्तिम खेलमा बराइन विजयी हुनुपर्ने छ या वर्षाले खेल रद्द हुनुपर्ने छ। बहराइन विजयी भए नेपाल  १ अंकले अघि हुने छ भने वर्षाले खेल रद्द भएर समान अंक भएपनि रनरेटमा नेपाल अघि रहने छ।

प्रकाशित मिति: १६:१३ बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्