Kathmandu Press

‘वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक छ’

उनले अहिलेको व्यवस्था पूँजीवादी भएकाले त्यसमा केही तत्वहरु मात्र थप्न सफल भएको बताए।
‘वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक छ’

काठमाडौं, जेठ १ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले अब नयाँ धरातलबाट हिड्नुपर्ने आवश्यकता रहेको  बताएका छन्।  

संघीय  लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतिहरु विषयक विचार गोष्ठीमा बोल्दै उनले वैज्ञानिक समाजवाद प्राप्त गर्न अब समाजवादको क्रान्ति गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

‘तीनवटा प्रवृत्तिले अहिले नेपाल ग्रस्त छ। सत्तामा यथास्थितीवाद, वामपन्थी आन्दोलनमा दक्षिणपन्थीवाद, त्यसपछि सडकमा पूर्नउत्थानवादले नेपाल ग्रस्त छ। यो खतराको संकेत हो। त्यसकारण देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले विल्कुल नयाँ धरातलबाट कहाँ के के गल्ती भयो छाती छाम्दै नयाँ धरातलबाट हिड्नु बाहेक अर्को विकल्प छैन,’ उनले भने, ‘यदी हामीले वैज्ञानिक समाजवाद प्राप्त गर्नुछ भने अब समाजवादको क्रान्ति गर्ने हो नि त। त्यसको लागि एकदम आधारभूत कुराहरु सोच्नुपर्ने आवश्यकता छ।’

नेता खनालले अहिलेको संसदीय व्यवस्था पूँजीवादी भएको बताए। उनले अहिलेको व्यवस्था पूँजीवादी भएकाले त्यसमा केही तत्वहरु मात्र थप्न सफल भएको बताए।

‘हाम्रो अहिलेको व्यवस्था पूँजीवादी हो। अहिलेको संसदीय व्यवस्था पूँजीवादी व्यवस्था हो। जसमा समाजवादी केही तत्वहरु मात्र थप्न सफल भएका छौं,’ उनले भने।
 

प्रकाशित मिति: १५:३८ बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्