Kathmandu Press

वैशाख १२ सँग जोडिएको सबैको आफ्नै कथा छन्, प्रदर्शनीले पुरानो याद ताजा गरायो : गगन थापा

प्रदर्शनी मे १५, १६ र १७ गरेर तीन दिन चल्छ । प्रदर्शनी प्रकाशचन्द्र तिमिल्सेनाले लिएका तस्बिरहरू राखिएका छन्। 
वैशाख १२ सँग जोडिएको सबैको आफ्नै कथा छन्, प्रदर्शनीले पुरानो याद ताजा गरायो : गगन थापा

काठमाडौं, जेठ १ : ‘बारपाक फोटो प्रदर्शनी २०२५’ आजबाट काठमाडौंको नेपाल पर्यटन बोर्डमा सुरु भएको छ। 

विहीबारबाट सुरु भएको फोटो प्रदर्शनी ‘१० वर्ष गोरखा भूकम्पको’ तस्बिरहरु राखिएको छ। प्रदर्शनी मे १५, १६ र १७ गरेर तीन दिन चल्छ । प्रदर्शनी प्रकाशचन्द्र तिमिल्सेनाले लिएका तस्बिरहरु राखिएका छन्। 

Hardik ivf

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बैशाख १२ गतेसँग जोडिएको सबैको आफ्नै कथाहरु भएको भन्दै फोटोहरूले पुरानो कुराहरु याद दिलाएको बताए। 

Photo-(16)-(1)-1747299564.jpg
 

‘यस्ता खालको कार्यक्रमको आयोजना गर्नु भएकोमा पर्यटन बोर्डलाई धन्यवाद दिन चाहन्छु। बारपाक भन्ने बित्तिकै सबैलाई केही न केही कुरा याद आउँछ। यस्तै बैशाख १२ गतेसँग जोडिएको सबैको आफ्नै कथाहरु पनि छन्,’ उनले भने, ‘प्रदर्शनमा रहेका फोटोहरुले पूरानो कुराहरु पनि याद दिलाउँछ। लामो कथाहरुलाई एउटा फोटोबाट पनि बुझाउन सकिन्छ।’ 

उनले फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनालाई बधाई र शुभकामना पनि दिएका छन्। 

प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्