Kathmandu Press

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस्’

बिहीबरको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गभर्नर नियुक्तीमा दुई दलबीच लडाईं चलेको उल्लेख गर्दै दुईवटा गभर्नर बनाउन सुझाव दिएका हुन्।
‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस्’

काठमाडौं, जेठ १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन्। 

बिहीबरको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गभर्नर नियुक्तीमा दुई दलबीच लडाईं चलेको उल्लेख गर्दै दुईवटा गभर्नर बनाउन सुझाव दिएका हुन्।

Hardik ivf

‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु। चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस्,’ उनले भने, ‘३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस्।’

सांसद ढकालले अहिले नेपालमा दलीयकरणको अभ्यास भइरहेको बताए। उनले  गभर्नर एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने बनाउन आग्रह गरे।

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्