Kathmandu Press

‘लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’

अराजकतामा अनृुसाशन नहुने बताउँदै सांसद रिजालले राम्रा कुरामा खण्डन मात्र नभइ मनन गर्नुपर्ने बताए।
‘लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’

काठमाडौं, जेठ १ : लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्ने सांसद इश्वर बहादृुर रिजालले बताएका छन्।

बिहीबार प्रतिनिधीसभाको सुन्ने समयमा बोल्दै एमाले सांसद रिजालले पुँजीबादको चरित्र अराजक हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रमा खबरदारी हुनुपर्ने समेत बताएका छन्। 

अराजकतामा अनृुसाशन नहुने बताउँदै सांसद रिजालले राम्रा कुरामा खण्डन मात्र नभइ मनन गर्नुपर्ने बताए।

उनले लोकतन्त्र भित्रको सरकार संख्याले चल्छ तर संख्या भित्रको सरकार  लोकतन्त्रले नचल्ने बताए छन्। उनले लोकतन्त्रक मालिक र  दास नभई  लोकतन्त्र भनेको जनता सरह हुने बताएका छन्।

जनताको प्रतिनिधीको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई  राम्रो गर्न आवश्यक रहेको बताएका छन्। सांसद रिजालले लोकतन्त्र एउटा चेतनामात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता  र राजनीतिमा स्वतन्त्रता रहेको बताएका हुन्। 

प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्