टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री बस्नेतले क्षेत्राधिकार मिचेको अख्तियारको जिकिर
टेरामक्स प्रकरणमा विषयमा तत्कालीनमन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको भन्दै विगो वमोजिम जरिवाना र जेल सजायको माग गरेको हो।
काठमाडौं, जेठ १ : टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले क्षेत्राधिकार मिचेर एकल निर्णय गरेको दाबी अदालत समक्ष लिएको छ।
अख्तियारले प्राधिकरणको प्रस्तावित कार्यक्रममा समावेश नभएको टेरामक्स प्रकरणमा विषयमा तत्कालीनमन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको भन्दै विगो वमोजिम जरिवाना र जेल सजायको माग गरेको हो।
प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सहमतिको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो। जतिबेला सूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत थिए।
अख्तियारले मन्त्रीको हैषियतमा बस्नेतको एकल निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीले एक आपसमा मिलेमतो गरी सर्वोच्च अदालतबाट जारी भएको आदेशको प्रतिकूल हुने गरी प्रचलित कानूनविपरीत कार्य भएको जनाएको छ।
अख्तियारले बस्नेतसहित १६ जना विरुद्ध भ्रष्टाचार बापत ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो र जेल सजायको मागदाबी गर्दै विहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
-(30)-1751555458.jpg)