टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार अभियोग, ३ अर्ब २१ करोड ८३ लाख बिगो
टेरामक्स प्रकरणमा कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहन बस्नेत दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पूर्व कानुन सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं, जेठ १ : टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहन बस्नेत दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पूर्व कानुन सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
यस्तै, दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणकै सदस्य टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध बस्नेतसँगै १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अभियुक्त रहेका १६ जना विरुद्ध भ्रष्टाचार बापत ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ।
अख्तियारले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रम सहमतिको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएकोमा प्राधिकरणको प्रस्तावित कार्यक्रममा समावेश नभएको टेरामक्सको विषयमा तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको दाबी गरेको छ।
साथै, सरोकारवाला निकायहरूसँग कुनै छलफल र समन्वय नै नगरी, उक्त कार्यक्रमको खर्च व्यहोर्ने स्रोत र शीर्षकसमेत नखुलाई, कार्यक्रम सञ्चालन अवधिको किटान नगरी, बजेट संचालनको मोडालिटि नतोकी, कार्यक्रम संचालन पश्चात प्राप्त हुने नतिजा एकिन नगरी, मन्त्रालय तथा प्राधिकरणका कर्मचारी र पदाधिकारीहरूको राय सल्लाह नलिई र अनुसन्धान बिना नै अन्तर्राष्ट्रिय कल अनुगमन÷भीओआईपी नियन्त्रणका लागि उपयुक्त उपकरण–प्रणाली (टेरामक्स) सञ्चालन गर्न वार्षिक कार्यक्रम थप गरी पदीय हस्तक्षेप गरेको आरोप अख्तियारले लगाएको छ।
-(30)-1751555458.jpg)