‘नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो?’
‘डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ? महिला भएको कारणले बनाउन मिल्दैन ? के राष्ट्र बैंकको कर्मचारी भएकाले बनाउन मिल्दैन,’ उनले भने।
काठमाडाैं, जेठ १ : सांसद अमरेशकुमार सिंहले डेपुटी गभर्नरलाई नै गभर्नर बनाउन किन नसकेको भनेर प्रश्न गरेका छन्।
बिहीबारको संसद बैठकमा आकस्मिक समयमा बोल्दै उनले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न गरे।
‘डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ? महिला भएको कारणले बनाउन मिल्दैन ? के राष्ट्र बैंकको कर्मचारी भएकाले बनाउन मिल्दैन,’ उनले भने।
गभर्नर जस्तो पदमा राजनीतिक दलको भागबण्डा हुनु गलत रहेको उनले बताए। उनले पार्टीका कार्यकर्तालाई लैजाने प्रवृत्ति बसाल्न नहुने सुझाए। अन्यथा, गलत अभ्यास स्थापित हुनसक्ने उनको भनाइ छ।
प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
