सुदन किरातीको प्रश्न– श्वेतपत्र प्राधिकरणलाई कौडीको भाउमा बेन्चे प्रपञ्च हो?
‘कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेतपत्रअनुसार एकाएक संकटग्रस्त देखियो, यसबाट हामीले के बुझ्ने? प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्वतयारी हो?,’ उनले भने।
काठमाडौं, जेठ १ : नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले अघोषित लोडसेडिङ हुन थालेको भन्दै सरकारलाई प्रश्न गरेका छन्।
आज प्रतिनिधिसभा बैठकमामा बोल्दै पाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाइएपछि बिजुली जान थालेको गुनासो जनताबाट आएको भन्दै उनले अघोषित लोडसेडिङ हुन थालेको हो भन्दै प्रश्न गरेका हुन्।
‘भर्खरै पूर्वी नेपालको विभिन्न भागमा म पुगेर आएको थिएँ। अधिकांश स्थानमा बत्ती गएको देखियो। कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो,’ उनले भने, ‘के यो अघोषित लोडसेडिङ हो? या कमजोर व्यवस्थापनको परिणाम हो?’
उनले घिसिङ हुँदा नाफामा गएको कम्पनी हितेन्द्रदेव शाक्य आएपछि कसरी घाटामा गयो भनेर पनि प्रश्न गरे।
‘कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेतपत्रअनुसार एकाएक संकटग्रस्त देखियो, यसबाट हामीले के बुझ्ने? प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्वतयारी हो?,’ उनले भने।