Kathmandu Press

महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनको सामना गर्दै 

आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ।
महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनको सामना गर्दै 

काठमाडौं, जेठ १ : आईसीसी महिला टी–२० विश्वकप एसिय छनोटअन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ। 

आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ।

Hardik ivf

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो। त्यसैले अघिल्लो चरण पुग्न नेपाललाई बहराइनविरुद्ध जित मात्र प्रर्याप्त हुने छैन। भोलि हुने बहराइन र हङकङबीचको खेलमा बहराइन विजयी हुनुपर्नेछ।

नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन्।
 

प्रकाशित मिति: ११:०० बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्