Kathmandu Press

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे । म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए ।
स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित
Hardik ivf

काठमाडौं, जेठ १ : बुधबार राति भएको स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको छ ।

रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे । म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए । म्याड्रिडका लागि केलिएन एम्बाप्पेले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए । इन्जुरी समयमा ज्याकोबोले गरेको गोल निर्णायक बनेको हो ।

बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्नेछ । सो खेलमा बराबरी मात्र भए पनि बार्सिलोनाले उपाधि जित्ने छ ।
 

प्रकाशित मिति: ०८:३० बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्