साउथह्याम्पटन स्टार फिलिप्सकी पत्नी पक्राउ
काठमाडौं, वैशाख २३ : इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनका पूर्व स्टार फुटबलर केविन फिलिप्सकी पत्नी जुली पक्राउ परेकी छिन्। हत्या प्रयासको आरोपमा ....

काठमाडौं, वैशाख २३ : इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनका पूर्व स्टार फुटबलर केविन फिलिप्सकी पत्नी जुली पक्राउ परेकी छिन्। हत्या प्रयासको आरोपमा फिलिप्स पत्नी जुलीलाई बेलायत प्रहरीले पक्राउ गरेको हो।
२० वर्षीय एगार्स लिपेन्टिसको हत्या प्रयास गरेको आरोपमा ४९ वर्षीया जुलीलाई बेलायत प्रहरीले पक्राउ गरेको हो। लिपेन्टिस र जुली पछिल्लो सयम प्रेममा थिए। शनिबार साँझ जुली लिपेन्टिसको अपार्टमेन्ट गएको र अपार्टमेन्टमा अन्य युवाहरुसँगै रहेका लिपेन्टिससँग विवाद भएपछि जुलीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट घाइते भएका लिपेन्टिस अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर भएको बताइएको छ। घटनास्थलबाट जुलीको ल्यान्ड रोजर गाडी पनि प्रहरीले बरामद गरेको छ। तर, जुलीले आफू लिपेन्टिसकोमा नगएको भन्दै आफ्नो भेट्न जाने क्रममा गाडी त्यहाँ पार्किङ गरेको जुलीले प्रहरीलाई बयान दिएकी छिन्। जुलीसँगै प्रहरीले अन्य दुई युवालाई पनि पक्राउ गरेको छ।











