सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा लीलादेवी गड्तौला
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको हो।-1747244676.jpg)
काठमाडौं, वैशाख ३१ : सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको हो।
मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए
सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा (संखुवासभां)का महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी (जाजरकोट), डा. टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) रहेका छन्।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला (तेह्रथुम) तथा सदस्यमा गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौं) र विनिता नेपाली (कास्की) सदस्य छन्।
त्यसैगरी सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पुनःगठन गरेको छ ।
पुनःगठित समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहेका छन् भने सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे हुन्।