Kathmandu Press

पोखराकाे लामेआहालमा इभी भ्यान दुर्घटना, ३ जनाको मृत्यु

ग१ज ८६३० नम्बरको इभी माइक्रोबस दिउँसो साढे ३ बजेतिर पोखराको लामेआहाल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
पोखराकाे लामेआहालमा इभी भ्यान दुर्घटना, ३ जनाको मृत्यु

कास्की, वैशाख ३१ : धादिङबाट पोखरा आउँदै गरेको ईभी भ्यान दुर्घटना भएको छ।

ग१ज ८६३० नम्बरको इभी माइक्रोबस दिउँसो साढे ३ बजेतिर पोखराको लामेआहाल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये एक जना  धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङ छिन् भने अन्य दुई जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।

माइक्रोमा दुर्घटनामा थप ८ जना घाइते भएका छन्। उनीहरुमध्ये ३ जना समान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:५४ बजे, बुधबार, वैशाख ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्