Kathmandu Press

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो

पाथिभरामा केवलकार निर्माण रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि केवलकार निर्माणको बाटो खुलेको हो।
पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो

काठमाडौं, वैशाख ३१ : ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ।

पाथिभरामा केवलकार निर्माण रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि केवलकार निर्माणको बाटो खुलेको हो।

यामबहादुर लिम्बुसहित ८ जनाले केबलकारले वातावरण विनास गर्ने र लिम्बु जातिहरुको मुन्धुमी सभ्यता संकटमा पर्ने भन्दै त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

यसअघि यो मुद्दामा सर्वोच्चले केबलकार निर्माण तत्कालका लागि अघि नबढाउनू भनी विपक्षीहरूका नाममा अल्पकालीन आदेश जारी गरेको थियो। 

तर, मुद्दामा न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेसँगै केबलकार निर्माणको बाटो खुलेको हो।

प्रकाशित मिति: १९:०७ बजे, बुधबार, वैशाख ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्