सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
काठमाडौं, वैशाख ३१ : सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि थुनामा रहेकी कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप छ। उनी सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ।
यो सहकारीका २० जना बचतकर्ताले राईसहितका व्यक्तिविरुद्ध जाहेरी दिएका थिए। सहकारीमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ हिनामिना भएको पाइएको छ।
प्रकाशित मिति: १८:५३ बजे, बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
