मार्क्सवाद श्रमिक वर्ग र मानवजातिका हितमा सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान
काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको मुक्तिका चिन्तक कार्ल मार्क्सको २०२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।&n....

काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको मुक्तिका चिन्तक कार्ल मार्क्सको २०२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्रीओलीले मानवजातिका तर्फबाट उमार्क्सको योगदानप्रति कृतज्ञता ज्ञापन गरेका छन्। “कार्ल मार्क्सले विश्व मानवजातिको इतिहासमा चिन्तनका रुपमा एउटा सहस्राब्दीलाई नै सर्वाधिक रुपमा प्रभावित पार्नुभयो”, प्रधानमन्त्री ओलीद्वारा जारी सन्देशमा भनिएको छ, 'जातिको इतिहासलाई अध्ययन गर्ने मात्र होइन, त्यसलाई बदल्ने विचार दिनुभयो।'
मानव समाजमा न्याय, समानता र श्रमिक वर्गका हितमा मार्क्सले अगाडि सारेका विचारले एउटा सहस्राब्दीलाई नै प्रभावित पारेको उल्लेख गर्दै प्रधानमन्त्रीले उनको ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानवजातिका हितमा सदुपयोग गर्न आह्वान गरेका छन्।
'मार्क्सवादबाट देशमा गरीबी हटाउने, जनताको जीवनमा सुख भर्ने, सामाजिक न्यायसहितको समानता कायम गरी मुलुकलाई समृद्ध बनाउने हो, हामी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरी त्यस अभियानमा अग्रसर छौं।'











