पोखरामा पर्यटक बोकेको बस दुर्घटना, २ जनाको अवस्था गम्भीर
गम्भीर घाइते हुनेमा ६५ वर्षीय रेखा साहु र ६१ वर्षीय कोमलराम साहु रहेको प्रहरीले जनाएको छ।
कास्की, वैशाख ३१ : पोखरामा पर्यटक बोकेको बस दुर्घटनामा परेको छ।
पुम्दीभुम्दीस्थित महादेव मन्दिर दर्शन गरेर फर्कने क्रममा ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर सडकबाट खसेको थियो।
सो बसमार भारत छत्तिसगढबाट आएका २८ जना पर्यटक सवार थिए। उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
गम्भीर घाइते हुनेमा ६५ वर्षीय रेखा साहु र ६१ वर्षीय कोमलराम साहु रहेको प्रहरीले जनाएको छ।
घाइतहरुको चरक अस्पताल र ण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १७:३० बजे, बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार