Kathmandu Press

संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

सभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो।
संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा
Hardik ivf

काठमाडौं, वैशाख ३१ : राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

सभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए।

प्रकाशित मिति: १७:२२ बजे, बुधबार, वैशाख ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्