Kathmandu Press

‘सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ’

गिरिले विनियोजित विधेयकले जनतामा आशा जगाए पनि बजेटमार्फत कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको बताए। 
‘सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ’
फाइल तस्बिर।

काठमाडौं, वैशाख ३१ : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका नेता पदम गिरीले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको टिप्पणी गरे।

बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक)’ माथिको छलफलका क्रममा गिरिले विनियोजित विधेयकले जनतामा आशा जगाए पनि बजेटमार्फत कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको बताए। 

Hardik ivf

‘विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता हेर्ने हो भने सरकार साच्चिकै मुलुकको विधमान समस्याप्रति गम्भीर छ भन्ने स्पष्ट हुन्छ । मुलुकमा आज जुन अर्थतन्त्रको अवस्था छ, यो वर्तमान अवस्थाबाट मुलुकलाई कसरी गतिशील बनाउन सकिन्छ भन्नेतर्फ सरकार गम्भीर भएको देखिन्छ,’ उनले भने। 

नेपाल राष्ट्र बैंकमा छ खर्बभन्दा बढी लगानीयोग्य पुँजी भए पनि ऋण चाहियो भनेर कोही माग्न नगएका, चालु आर्थिक वर्षको दश महिना हुँदा पनि एक तिहाइ पुँजीगत खर्च हुन नसकेको अवस्थामा सरकारले गहिरो अध्ययन गरेर अगाडि बढेको उनले उल्लेख गरे।

उनले सरकारको प्राथमिकता र सिद्धान्तले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई लाभ र लागतको दृष्टिकोणले अध्ययन गरेर उपयुक्त भएका आयोजनालाई आवश्यक स्रोतको व्यवस्थापनसहित निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे।

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, वैशाख ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्