Kathmandu Press

भूमिसम्बन्धी विधेयक संसदमा पेस

बुधबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन्।
भूमिसम्बन्धी विधेयक संसदमा पेस

काठमाडौं, वैशाख ३१ : प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ।

बुधबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन्।

मन्त्री अधिकारीले विधेयक प्रस्तुत गर्दै विसं २०२१ देखि २०२८ सालसम्म नापी हुँदा विभिन्न कारणले नापजाँच नमिलेको वा नापीमा छुटेको स्थानमा अहिले बस्ती प्रसस्त बसेकाले बस्ती उठाउन नसकिने र राजश्व पनि नतिरेको अवस्थामा समस्या फुकाउन विधेयकमा आवश्यक व्यवस्था गरिएको जानकारी गराए। 
 

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, वैशाख ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्