गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भयो : सांसद शर्मा
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताएइन्।
काठमाडौं, वेशाख ३१ : माओवादी सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएकी छिन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताएइन्।
‘सरकारमा आबद्ध दलहरुको दलगत स्वार्थ नमिलेर अथवा अरु विभिन्न कारणले गभर्नर नियुक्ति हुन सकेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ त्यसले राष्ट्रकै बेइज्जती भइरहेको छ,’ उनले भनिन्, ‘त्यसकारण राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गर्दछु।’
प्रकाशित मिति: १२:५९ बजे, बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार