Kathmandu Press

स्कटल्याण्डमा हुने लिग-२ र टि-२० सिरिजका लागि नेपाली टिमको बिदाइ

बुधबार मुलापानी क्रिकेट मैदानम एक कार्यक्रम गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको बिदाइ गरेको हो। टोली आज साँझ इंग्ल्यान्ड प्रस्थान गर्ने छ। 
स्कटल्याण्डमा हुने लिग-२ र टि-२० सिरिजका लागि नेपाली टिमको बिदाइ

काठमाडौं, वैशाख ३१ : स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।

बुधबार मुलापानी क्रिकेट मैदानम एक कार्यक्रम गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको बिदाइ गरेको हो। टोली आज साँझ इंग्ल्यान्ड प्रस्थान गर्ने छ। 

लिग–२ को त्रिकोणात्मक सिरिज र त्रिकोणात्मक टी-२० सिरिजअघि नेपाली टिमले इंग्ल्यान्डमा एसिसीसहित त्यहाँका ३ स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने छ। त्यसपछि नेपालले स्कटल्यान्डको ए टिमसँग पनि २ खेल खेल्ने तालिका छ।

नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ भने लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ।

 लिग–२को सिरिजमा नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छन्।

यही टुर मार्फत नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले नेपलाी टिमको प्रशिक्षण यात्रा थालनी गर्ने छन्। टिमको सहायक प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन्।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, र करण केसी रहेका छन् । 

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, वैशाख ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्