Kathmandu Press

उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित : प्रवक्ता डा.महत 

मंगलबार आर्थिक रुपान्तरणको मार्गचित्र विषयक कार्यक्रममा बोल्दै उनले देश कृषि प्रधान भएको तर त्यसमा बजेट पनि कम हुने त्यो पनि कार्यान्वयनमा नजाने बताएका हुन्।  
उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित : प्रवक्ता डा.महत 

काठमाडौं, वैशाख ३० : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित भएको बताएका छन्।  

मंगलबार आर्थिक रुपान्तरणको मार्गचित्र विषयक कार्यक्रममा बोल्दै उनले देश कृषि प्रधान भएको तर त्यसमा बजेट पनि कम हुने त्यो पनि कार्यान्वयनमा नजाने बताएका हुन्।  

Hardik ivf

‘विनियोजनको मुख्य कुरा यो बजेटमा आउनुपर्छ र त्यसलाई कडाईका साथ पालना गर्नुपर्छ । उत्पादनमा आधारित कृषि भन्छौ तर उत्पादन देखाउ न कागजी देखाएर हुदैन तीन पटकसम्म घुमाईफिराई त्यही कागजी मात्र त्यो नी बल्ल आयो तर कार्यान्वयनमा जाला न जाला मलाई लाग्छ यो कृषिको क्षेत्रमा लागानी नै छैन कर पनि आउदैन,’ उनले भने। 

महतले विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाइदिनुपर्ने बताए। 

यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले देशको आर्थिक विकासको लागि आर्थिक नीतिको अहिलेको संरचना परिपार्जन गर्नुपर्ने बताए । उनले यसको लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए। 
 

प्रकाशित मिति: २१:४२ बजे, मंगलबार, वैशाख ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्