Kathmandu Press

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

गत चैत १५ मा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थप गरिएको हो। 
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, वैशाख ३० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

गत चैत १५ मा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थप गरिएको हो। 

Hardik ivf

चैत १५ मा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ। 

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ। 

यस्तै, राजवादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं पनि थुनामै छन्। प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ।

प्रकाशित मिति: २०:३८ बजे, मंगलबार, वैशाख ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्