Kathmandu Press

‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री 

‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए।
‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री 
Hardik ivf

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दाभन्दै पनि सुरु गरेको बताएका छन्। 

मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए।

‘मैले गाह्रो छ बाबुनानु त्यहाँ नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाए, माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ। उनीहरुको दुःखकष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर भनेको हो,’ उनले भने, ‘यति ठूलो काम आँट्या एक दुईवटा केही साना कामहरुमा साथीभाइहरू धेरै नै हौसिन्छन्, हामी छांै भन्छन् । चन्दा उठाएर नै बनाइन्छ भन्छन् तर सहयोग नगर्न सक्छन्।’

प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, वैशाख ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्