गायिका लक्ष्मी हमालको ‘जिन्दगीको गोरेटोमा’ सार्बजनिक (भिडियो)

काठमाडौं, वैशाख ३० : गायिका लक्ष्मी हमालले पारिपारिक परिवेश बोकेको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी छन्।
केही समयअघि फिल्मी गीत ‘हे गोरी’ सार्वजनिक गरेकी उनले अहिले फरक धारको मर्मस्पर्सी ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक गीतको भिडियोमा पलाँसलगायत नेपाली चलचित्रमा अभिनय गरिसकेका आयुव केसी र गायिका एवं संगीतकार लक्ष्मी स्वयं फिचर्ड छन्। भिडियोको स्टोरी, डाइरेक्सन तथा सम्पादन युवराज खत्रीले गरेका छन् भने छायाँकार सुजन श्रेष्ठ हुन्।
अडियोमा शब्द, संगीत र फिमेल भोकल लक्ष्मी आफ्नै रहेको छ भने मेल भोकल विमाल स्याङ्तानले दिएका छन् । अकोष्टिक नेपालले रेकर्ड गरेको अडियोको एरेन्ज साहस शाक्यले गरेका हुन् भने मिक्स एवं मास्टरिङ प्रकाश मिश्राले गरेका छन्।
प्रकाशित मिति: १६:२० बजे, मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार