Kathmandu Press

महिला विश्वकप छनोटमा नेपाल हङकङसँग पराजित

वर्षा प्रभावित खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भयो। 
महिला विश्वकप छनोटमा नेपाल हङकङसँग पराजित

काठमाडाैं, वैशाख ३० : आईसिसी महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपाल पाजित भएको छ। वर्षा प्रभावित खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भयो। 

बैंककमा वर्षाले ५ ओभरमा झारिएको खेलमा नेपालले दिएको ३० रनको सामान्य लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि सहन्जिन सहजादले २१ बलमा १ छक्कासहित १५ रन बनाइन् भने मारिको मिलले ११ बलमा ११ रन बनाइन्।

Hardik ivf

बलिङमा नेपालका लागि कविता कुँवरले २ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३ विकेटकै क्षतिमा २९ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि सम्झना खड्काले ७ बलमा १० रन बनाउँदा कप्तान इन्दू बर्माले १० बलमा ११, रुविना क्षेत्रीले ४, पुजा महतोले ३ र कविता कुँवरले २ रन बनाइन्। 

हङकङका लागि तीनै विकेट अलिसोन सिउले लिइन्। 

यो हारसँगै नेपालको छनोटको अघिल्लो चरण पुग्ने सम्भावना कठीन बनेको छ। समूह सीमा नेपाललाई हराएसँगै हङकङ ५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ। अब नेपाललाई अघिलले चरण पुग्ने अन्तिम खेलमा बहराइनले हराउनु पर्ने छ भने हङकङ बहराइनसँग पराजित हुनुपर्ने छ।

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, वैशाख ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्