शताब्दीपुरुष जोशीको सालिक अनावरण [तस्बिरहरू]
ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगरप्रमुख चिरीबाबु महर्जनले आज अनावरण गरे।![शताब्दीपुरुष जोशीको सालिक अनावरण [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(10)-(5)-1747130321.jpg)
ललितपुर, वैशाख ३० : वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औं जन्मजयन्तीका अवसरमा उनको सालिक अनावरण गरिएको छ।
ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगरप्रमुख चिरीबाबु महर्जनले आज अनावरण गरे।
सालिक अनावरणपश्चात् महानगरप्रमुख महर्जनले स्वर्गीय जोशी मुलुककै गहना भएकाले उनको सम्मानमा जीवित छँदै उनको इच्छाअनुसार धेरै कामहरु सम्पन्न गरेको जानकारी दिए।
‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नाराका साथ हामीले सेवाप्रवाह गरिरहेको उनले बताए। ‘महानगरपालिकाको नागरिक भएर सेवा पु¥याउनु भएकामा गर्व गर्छौं, भाषा, साहित्य, संस्कृति र कला क्षेत्रमा उहाँले गर्नुभएको अनुरोधलाई स्वीकार गरेर धेरै काम गरेका छौं,’ उनले भने।
महानगरप्रमुख महर्जनले स्व. जोशीको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन महानगरले कुनै कमी नगर्ने बताए।