Kathmandu Press

सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि सहभागी हुने

संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीहरूसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको मन्त्री डा. राणाले बताइन्। 
सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि सहभागी हुने

काठमाडाैं, वैशाख ३० : सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। 

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनासहित संवादमा ३५० जना सहभागी रहने बताइन्। 

Hardik ivf

सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूसम्मको उपस्थिति रहने उनले जनकारी दिइन्। 

संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीहरूसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको मन्त्री डा. राणाले बताइन्। 

संवादको तयारी अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री डा. राणाले तयारी स्वरूप सरकारले करिब १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरिएको बताइन्। 

तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भने पाहुनाहरूलाई स्वागत गर्ने तथा संवादसम्बन्धी चिनारीयुक्त भिडियो पनि प्रस्तुत गरिने उनले जनाइन्। 

त्यस्तै, चीन र भारतबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू तथा कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिको जलवायुसम्बन्धी प्रतिनिधिले विशेष सम्बोधन गर्नेछन्। 

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, वैशाख ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्