Kathmandu Press

जनमतकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिइन् राजीनामा

उनले जनताले तिरेको करबाट पारिश्रमिक लिनु उपयुक्त नभएकाले आफूले राजीनामा दिएको बताएकी छिन्। 
जनमतकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिइन् राजीनामा

दाङ, वैशाख ३० : जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले राजीनामा दिएकी छन् । 

समानुपातिक सांसद रहेकी गुरुङ मंगलबार सभामुखलाई पत्र लेख्दै पदबाट राजीनामा दिएकी छिन्। 

Hardik ivf

उनले जनताले तिरेको करबाट पारिश्रमिक लिनु उपयुक्त नभएकाले आफूले राजीनामा दिएको बताएकी छिन्। 

‘राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु,’ उनले सभामुखलाई लेखेका पत्रमा भनिएको छ।

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, वैशाख ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्