Kathmandu Press

नेपाललाई एकतामा बाँध्न सञ्चार माध्यमहरुको सवलीकरण जरुरी : सञ्चारमन्त्री गुरुङ

बढ्दो प्रविधिको बिकाससंगै सञ्चार माध्यममा नवीनतम् प्रविधी र विश्वसनीय सूचनाका लागि सरकारी सञ्चार माध्यम समयानुकुल परिस्कृत गर्दै आउनुपर्नेमा जोड दिए।
नेपाललाई एकतामा बाँध्न सञ्चार माध्यमहरुको सवलीकरण जरुरी : सञ्चारमन्त्री गुरुङ

सुर्खेत, वैशाख २९ : नेपाल सरकारका सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको संस्थागत विकार र संघीयता कार्यान्वयका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्।  

सोमबार नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो कार्यालय उद्घाटन गर्दै मन्त्री गुरुङले विविधतामा रहेको नेपाललाई एकतामा बाध्न सञ्चार माध्यमहरु सवलीकरण जरुरी भएको बताए।

बढ्दो प्रविधिको बिकाससंगै सञ्चार माध्यममा नवीनतम् प्रविधी र विश्वसनीय सूचनाका लागि सरकारी सञ्चार माध्यम समयानुकुल परिस्कृत गर्दै आउनुपर्नेमा जोड दिए।

Hardik ivf

‘प्रविधिको प्रयोगले हाम्रा सञ्चार माध्यमहरुमा पनि नयाँ प्रविधीसंगै संघीयता अनुरुप संरचनाहरु पनि बढाउदै जानु परेको हो,’ उनले भने, ‘कर्णालीका समाचारहरु संसारभर फैलाउन र संघीयताको मर्म अनुरुप ब्ुयरो कार्यालय राख्नु परेको हो।’ 

सार्वजनिक प्रशारण सेवाले आमनागरिकलाई समयमै विश्वसनीय सूचना प्रवाह गर्नु भएकाले सोही अनुरुप सरकार ती संरचनाको गुणस्तर विकासमा लागेको बताए। 

कर्णाली प्रदेश सरकारले अघि सारेको डिजिटल कर्णाली प्रदेशको अभियानमा संघीय सरकारको पूर्ण सहयोग रहने उनले बताए।

सोमबार नै मन्त्री गुरुङले रेडियोे नेपालको कर्णाली प्रादेशिक प्रशारण केन्द्रबाट खस भाषाको समाचार बुलेटिनको पनि शुभारम्भ भएको घोषणा गरे । 

खस भाषाको समाचार शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ६ महिना अघि प्रदेश सरकारले खस भाषामा समाचार प्रशारणका लागि गरेको निर्णयको कार्यान्वयन भएको भन्दै खुशी ब्यक्त गरे । सबै भाषाभाषीहरुको संरक्षण र सम्बद्र्धनका लागि पनि सरकारी सञ्चार माध्यमहरुले स्थानीय भाषाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, वीरेन्द्रनगर पालिकाका प्रमुख मोहनमाया ढकाललगायतले संघीयताको मर्म अनुसार स्थानीय सामाग्रीलाई सरकारी सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १३:०० बजे, सोमबार, वैशाख २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्