Kathmandu Press

एल क्लासिकोमा बार्सिलोनाको रोमाञ्चक जित, ला लिगा उपाधि नजिक

आइतबार राति घरेलु मैदान लुइस कम्पानिस ओलम्पिक स्टेडियममा भएको एल क्लासिकोमा रियल मड्रिडमाथि ४–३को रोमाञ्चक जित निकाल्दै बार्सिलोना ला लिगा उपाधि नजिक पुगेको हो। 
एल क्लासिकोमा बार्सिलोनाको रोमाञ्चक जित, ला लिगा उपाधि नजिक

काठमाडाैं, वैशाख २९ :  बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ। आइतबार राति घरेलु मैदान लुइस कम्पानिस ओलम्पिक स्टेडियममा भएको एल क्लासिकोमा रियल मड्रिडमाथि ४–३को रोमाञ्चक जित निकाल्दै बार्सिलोना ला लिगा उपाधि नजिक पुगेको हो। 

खेलमा बार्सिलोनाले २–० ले पनि परेको अवस्था उल्टाउँदै उत्कृष्ट पुनरागमन जित निकालेको हो। यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ७ अंकको अग्रता कायम गरेको छ, र अब ३ खेल बाँकी रहँदा उपाधिका लागि २ अंक मात्र चाहिएको छ। बार्सिलोनको ८२ र रियलको ७५ अंक छ।

Hardik ivf

खेलको पहिलो हाफमा नै ६ गोल भए, जुन निकै रोमाञ्चक बन्यो। रियल म्याड्रिडका किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गरेर सुरुवाती अग्रता दिलाए। १४औं मिनेटमा एमाप्पेले नै भिनिसियसको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।

तर, १९औं मिनेटमा इरिक गार्सियाले हेडिङमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। ३२औं मिनेटमा लमिन यमालले उत्कृष्ट गोल गर्दै खेलालाई २–२को बराबरीमा ल्याए। त्यसपछि खेलमा बार्सिलोना पूर्ण रुपमा हावी भयो। त्यसपछि ३४ र ४५औं मिनेटमा राफिन्हाले गोल गरेपछि पहिलो हाफमै बार्सिलोनाले रियलविरुद्ध ४–२को अग्रता लियो।

त्यसपछि ७०औं मिनेटमा भिनिसियसकै पासमा एम्बाप्पेले गोल गर्दै रियललाई खलमा फर्काउने प्रयास गरे। यसै सिजन रियल आएका एम्बाप्पेको यो एल क्लासिकोको पहिलो ह्याट्रिक हो। यो सिजन उनले ला लिगामा २७ र कुल ३९ गोल गरेका छन्। 

इन्जुरी समयमा फर्मिन लोपेजले गोल बार्सिलोनाका लागि गोल गरेका थिए। तर भारले त्यसलाई रद्द गरेको थियो। एम्बाप्पेको ह्याट्रिकले पनि रियललाई जित दिलाउन सकेन। यो हारपछि रियलको ला लिगा उपाधि रक्षा गर्ने सपना लगगभ सकिएको छ। 
 

प्रकाशित मिति: ११:१६ बजे, सोमबार, वैशाख २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्