बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् : प्रधानमन्त्री ओली
‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री केपी ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार रहेको बताएका छन्।
सोमबार २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भनि शुभकामना दिएका हुन्।
‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
बुद्ध जयन्तीले हामीलाई उनको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने उल्लेख गरेका छन्।
ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गरेका छन्। उनले थप लेखेका छन्, ‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्। सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्।’
प्रकाशित मिति: १०:३३ बजे, सोमबार, वैशाख २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार