Kathmandu Press

गभर्नरमा आफ्नै नाम सिफारिस हुने भएपछि सिफारिस समितिबाट डा. विश्व पौडेलले दिए राजीनामा

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरका रूपमा पौडेलकै नाम सिफारिस गर्ने सहमति भएपछि उनले समितिबाट राजीनामा दिएका हुन्। 
गभर्नरमा आफ्नै नाम सिफारिस हुने भएपछि सिफारिस समितिबाट डा. विश्व पौडेलले दिए राजीनामा

काठमाडाैं, वैशाख २८ : डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् । उनले आइतबार साँझ मौखिक रुपमा राजीनामा दिएको अर्थमन्त्रालयलाई जानकारी गराएका छन्। 

उनले सोमबार कार्यालय समयपछि लिखित राजीनामा बुझाउने तयारी गरेका छन्। 

Hardik ivf

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरका रूपमा पौडेलकै नाम सिफारिस गर्ने सहमति भएपछि उनले समितिबाट राजीनामा दिएका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका थिए। त्यसमा एमालेले सहमति जनाएको छ। 

त्यअसघि गठबन्धनमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। त्यसपछि भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि गभर्नर नियुक्ति हुन सकेको थिएन। 

पौडेल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र योजना आयोगका उपाध्यक्ष समेत भइसकेका छन्।

प्रकाशित मिति: २१:०६ बजे, आइतबार, वैशाख २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्