Kathmandu Press

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरेको हो।
शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

काठमाडौं, वैशाख २८ : शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरेको हो।

अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। 

बस्नेतविरुद्ध आवश्यक अनुसन्धान थालिएको उनले बताए। 

प्रकाशित मिति: २०:२२ बजे, आइतबार, वैशाख २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्