Kathmandu Press

सामान ढुवानी गर्ने ट्रकबाट एक करोड ९ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

काठमाडौं, वैशाख २३ : मोरङको रानीबाट प्रहरीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्र....

सामान ढुवानी गर्ने ट्रकबाट एक करोड ९ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

काठमाडौं, वैशाख २३ : मोरङको रानीबाट प्रहरीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीर सशस्त्र प्रहरीको संयुक्त चेकजाँचको टोलीले भारतको सुपौलबाट आएको खाली ट्रक चेकगर्दा उक्त रुपैयाँ फेला पारेको हो।

प्रहरीले भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रकबाट उक्त रकम बरामद गरेको हो। लकडाउनको समयमा सीमानाका सिल गरेको भएपनि अत्यावश्यक वस्तु ढुवानी गर्ने साधनको रुपमा ट्रक भारतबाट नेपाल भित्रिएको थियो।

प्रहरीले ट्रकका चालक र सह चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सशस्त्र प्रहरी प्रवक्त डीआईजी प्रविणकुमार श्रेष्ठले बताए।
 

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, वैशाख २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्