Kathmandu Press

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघद्वारा स्वागत, आरोप–प्रत्यारोप कायमै

सम्झौताले दिगो शान्तिमा योगदान पु¥याउने र दुई देशहरू बीचको लामो समयदेखि चलिरहेका मुद्दाहरूलाई सम्बोधन गर्न अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा राष्ट्रसंघले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 
भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघद्वारा स्वागत, आरोप–प्रत्यारोप कायमै

काठमाडौं, वैशाख २८ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन्।

भारत–पाकिस्तानबीच केही दिनदेखि चर्किएको युद्ध शनिबार साँझ दुवै पक्षबीचको युद्धविरामपछि शान्त भएको थियो।

‘महासचिवले भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतालाई वर्तमान शत्रुता अन्त्य गर्ने र तनाव कम गर्ने दिशामा सकारात्मक कदमको रूपमा स्वागत गर्नुभयो,’ राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले भनेका छन्।

Hardik ivf

सम्झौताले दिगो शान्तिमा योगदान पु¥याउने र दुई देशहरू बीचको लामो समयदेखि चलिरहेका मुद्दाहरूलाई सम्बोधन गर्न अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा राष्ट्रसंघले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यता, दुई देशले युद्धविराम घोषणा गरेको केही घण्टापछि भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ।

भारतीय मिडिया रिपोर्टका अनुसार शनिबार साँझ भारत नियन्त्रित कश्मीरमा ठूलो विस्फोटको आवाज सुनिएको थियो र केही क्षेत्रहरूमा पछि ब्ल्याकआउट गरिएको थियो।
भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमार्फत भारतीय सशस्त्र सेनाले पाकिस्तानले गरेको युद्धविराम उल्लंघन गरेको बताएका थिए। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले उल्लंघन नभएको बताका छन्।  उनले सम्बन्धित भारतीय सञ्चारमाध्यमका रिपोर्टहरूलाई आधारहीन भनेका छन्। 

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको पनि उल्लेख गरेका छन्।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले पनि पाकिस्तानले सबै प्रकारका उडान सञ्चालनका लागि हवाई क्षेत्र पूर्ण रूपमा खोलेको जनाएको छ। 

दुवै पक्षले शनिबार भारतीय समय अनुसार ५ः०० बजेदेखि सुरु हुने जमिन, समुद्र र हवाई आदानप्रदान र सैन्य कारबाही रोक्न सहमत भएका थिए।
 

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, वैशाख २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्